महान व्यक्तिहरूको अन्तिम वाणी

हुन त दुनियाँमा कुनै व्यक्तिको अन्तिम शब्द बारे जान्न त्यति सजिलो हुँदैन । तर, केही महान मानिसहरुका अन्तिम शब्द भने रेकर्ड भएका छन् । मैले ईन्टरनेटको माध्यमबाट एउटा लेख तयार पारेको छु जुन तपाईं समक्ष यहाँ प्रस्तुत छ ।
ल अब जानौं केही विश्वप्रसिद्ध ब्यक्तिहरुको अन्तिम शब्द :

१.कार्ल मार्क्स (Karl Marks) :-
कार्ल मार्क्स एक जर्मन दार्शनिक, अर्थशास्त्री, इतिहासविद्, अनि राजनितिज्ञ थिए । सन् १८८३ मा जब उनी मृत्यु शैयामा थिए तब उनकी सुसारे उनी नजिकै गइन् र उनलाई सोधिन्, “के तपाईं आफ्नो अन्तिम शब्द बोल्न चाहनुहुन्छ ?” तब कार्ल मार्क्स झिन्झिनाउँदै बोले “Go On, Get Out . Last Words Are For Fools Who Haven’t Said Enough .”

२. Mahatma Gandhi :-
हुन त उनको अन्तिम शब्दको विषयमा धेरै मानिसहरुले विवाद खडा गरेका छन् । तर धेरै जसो मानिस र इतिहासकार यही मान्छन् कि महात्मा गान्धीले मर्नुभन्दा अगाडि “हे राम ” भनेका थिए ।

३) Sir APJ Abdul Kalam :- भारतका पूर्व राष्ट्रपति तथा मिसाईल म्यानका उपनामले सु-प्रसिद्ध कलामले सन् २०१५ जुलाईमा बितेका थिए । उनको निधन मेघालयको सिलोंगमा भएको थियो जहाँ उनी lecture दिन गएका थिए । कलामका सहयोगीका अनुसार जब उनी IIA मा लेक्चर दिन गए तब उनी मञ्चमा चढेर आफ्नो भाषण सुरु गरेका मात्र थिए त्यति नै बेला उनलाई हृदयघात भयो । उनलाई शीघ्र गरि अस्पताल पुर्‍याइयो । र, उनको अस्पताल मै मृत्यु भयो । उनको अन्तिम शब्दको कुरा गर्ने हो भने उनले मञ्चमा चढेर प्रश्न गरेका थिए – “यो दुनियाँलाई जिउन लायक कसरी बनाउन सकिएला ?”

४) Charlie Chaplin :-
दुनियाँको महान कमेडियन जब आफ्नो अन्तिम सास फेरिरहेका थिए त्यतिबेला उनको अगाडि कोहि आएर पढेर भने,” May The Lord Have Mercy On Your Soul .” तब चार्ली च्याप्लिनले उक्त वाक्यको प्रतिउत्तरमा बोले,” Why Not ? After All Its Belong To Him .”

५) Thomas Alva Edison :-
बिजुली बत्तीको नाम आउने बितिकै थमस एल्बा एडिसनको नाम अघि आउँछ । उनले ले आफ्नो मृत्युभन्दा अगाडि आफ्नो श्रीमतीसँग भनेका थिए, ” Its Very Beautiful Outside .”


६) Steve Jobs :-
Apple companyका स्टिभ जब्सले आफ्नो अन्तिम समयमा आफ्नो सन्तानतिर हेरे अनि फेरि आफ्नी श्रीमती तर्फ हेरेर अन्तिम शब्द बोले, ” Oh Wow ! Oh Wow !! Oh Wow !!!”

७.) Albert Einstein :-
सर अल्बर्ट आइनस्टाइन जब अस्पतालमा थिए त्यतिबेला डाक्टरहरुले उनलाई एक अन्तिम शल्यक्रिया गर्न सुझाव दिएका थिए । तर, आइन्सटाइन ले “मैले जति जिउनु थियो जिइसकें, जति योगदान यो पृथ्वीलाई दिनु थियो मैले दिईसकेँ र अब जाने बेला आइसकेको छ ” भनेर जवाफ दिँदै डाक्टरहरुको उक्त सुझावलाई नकारे । यो त उनले डाक्टरसंग गरेका कुराकानी भए । तर जब उनले आफ्नो मृत्यु शैय्यामा थिए उनी जर्मन भाषामा केही भन्दै थिए । त्यतिबेला उनी नजिक एक नर्स मात्र थिइन् – जो जर्मन भाषा बुझ्दिनँ थिइन् । त्यसकारण उनको अन्तिम शब्द के थियो भन्ने कसैलाई थाहा छैन । तर रेकर्डमा भएको उनको अन्तिम शब्द भनेको उनको र डाक्टरको कुराकानी नै हो ।

More From Author

प्रस्तावित ‘नेपाली कम्युनिस्ट पार्टी’को २३ बुँदे प्रतिबद्धता : प्रदेशका जनप्रतिनिधिको संख्या घटाउने

एन्फा मुख्यालयमा खेलाडीहरु आन्दोलित