प्रस्तावित ‘नेपाली कम्युनिस्ट पार्टी’को २३ बुँदे प्रतिबद्धता : प्रदेशका जनप्रतिनिधिको संख्या घटाउने

काठमाडौँ — माओवादी, नेकपा एकीकृत समाजवादीको एकतापछि प्रस्तावित ‘नेपाली कम्युनिस्ट पार्टी’ ले २३ बुँदे प्रतिबद्धता जारी गर्दै संघीयता बलियो बनाउन प्रदेशका प्रतिनिधिहरूको संख्या घटाउने जनाएको छ ।

नेता देव गुरुङले एकता घोषणासभामा २३ बुँदे प्रतिबद्धता प्रस्तुत गरेका थिए । ती प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, जनताप्रति निष्ठावान रहेन, मार्क्सवाद र लेनिनवादको नेपालमा सिर्जनात्मक ढंगले लागू गर्ने, वैज्ञानिक समाजवादको स्थापनाकाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अंग रूपान्तरण उल्लेख छ ।

‘संविधानको रक्षा, संघीयताको सबलीकरण र प्रदेश जनप्रतिनिधिको संख्या घटाइने छ,’ गुरुङले जानकारी दिए ।

More From Author

him pahiro

हिमपहिरोमा ५ विदेशी र २ नेपालीको मृत्यु, ४ जना बेपत्ता

महान व्यक्तिहरूको अन्तिम वाणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *