हिउँदको पारिलो घाम
बगैंचामा घाम तापिरहेको
एउटा गुलाफको फूल
एक मनले सोच्छु, फूलको कविता लेखु
अर्को मनले सोच्छु, काँडाको कविता लेखु
फेरी सोच्छु, दुवैको कविता लेखें
तर सोच्दिन
जराको कविता लेख्न
ऊ उँभिएको धरतीबारे लेख्न
मैले-
आफ्नो धरातल बिर्सदै गएको
यो एउटा उदाहरण मात्र हो
- विवेक धिमाल
