कांग्रेस ‘विशेष महाधिवेशन’ विधान देखाएर कारण अड्काउने प्रयास

नेपाली कांग्रेसका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गत असोज २९ गते बुझाएका छन् । बुझाइएको हस्ताक्षरसहितको पत्रमा मंसिर मसान्तभित्र नियमित महाधिवेशन हुनुपर्ने नभएमा विशेष महाधिवेशन गर्नुपर्ने उल्लेख गरिएको छ ।

असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशन कहिले गर्ने भन्ने विवाद भइरहेको छ ।

२०१७ सालमा निर्माण भएको र विभिन्न समयमा संशोधन गरिएको कांग्रेसको विधानमा तीन अवस्थामा विशेष महाधिवेशन हुन सक्छ । विधानको धारा १७ (२) बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यकता महसुस गरे विशेष महाधिवेशन बोलाउन सक्छ ।

त्यही धारा अनुसार केन्द्रीय कार्यसमितिले बाहेक ४० प्रतिशत केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण खुलाई केन्द्र समक्ष विशेष महाधिवेशनका लागि लिखित अनुरोध गर्न सक्छन् । अहिले केन्द्रमा पेस भएको हस्ताक्षर यही व्यवस्थाअन्तर्गत हो ।

विशेष महाधिवेशन गर्ने व्यवस्था विधानमा राखिए पनि कसरी गर्ने ? प्रक्रिया के हुने भन्ने विधान, नियमावली कतै पनि उल्लेख छैन । विधानमा उल्लेख नभएकाले नेताहरूले आफ्नै तरिकाले व्याख्या गरिरहेका छन् । विशेष महाधिवेशन माग्ने र गर्न हुन्न भन्ने पक्षका नेताहरूले यही क्लजलाई देखाएर आ–आफ्नो तरिकाले व्याख्या गरिरहेका छन् ।

More From Author

एन्फा मुख्यालयमा खेलाडीहरु आन्दोलित

धरातल

Leave a Reply

Your email address will not be published. Required fields are marked *