उत्तर कोरियली शासक किम जोङ उनले लगाएको ज्याकेट किन लगाइएको थियो प्रतिबन्ध ?

तपाइले गरेको काम अरुले गर्दा तपाईंलाई पक्कै खुसी लाग्छ होला । तपाइले लगाएको कपडा अरुलाई पनि मनपरेर त्यै कपडा लगाउदा तपाईं आफ्नै छनौट देखि दङ्ग पर्नुहुन्छ होला भन्ने लाग्छ ।

उत्तर कोरियाको नाम सुन्दा तपाईंको दिमागमा के आउछ ? किमको अनुहार / कपाल वा अन्य कुनै कुरा । मलाई भने उत्तर कोरियाको नाम सुन्नासाथ उनको अनुहार र कपालको याद आउने गर्दछ।

आउनुहोस् ! आज हामी उत्तर कोरियाली शासक किम जोङ उनले गरेको यो प्रतिबन्धका बारेमा कुरा गर्न गइरहेका छौं ।


उत्तर कोरिया एक यस्तो देश हो जुन आफ्नो विशिष्ट नियम र अनौठा कानुनहरुका लागि परिचित छ। यो देशमा यस्ता नियम छन् यो बिश्वाको कुनै पनि देशमा चलेका छैनन् । उत्तर कोरियामा यस्ता धेरै अनौठा कानुन छन्। जसको बारेमा थाहा पाउँदा तपाईको टाउको दुख्न थाल्नेछ । यहाँका जनता कसरी पो यो सबै सहन सकिरहेका छन् भनेर अचम्मित पर्नुहुनेछ । त्यहाँका जनतालाई आफ्नो इच्छा अनुसार जीवन जिउने स्वतन्त्रता पनि छैन । यो देशमा प्रचलित कानुन सुनेर / पढेर तपाइँले भगवानलाई धन्यवाद दिनुहुनेछ र भन्नुहुनेछ ` धन्न मेरो यो देशमा जन्म भएनछ ,र हुन पनि नपरोस् )

बारम्बार मिसाइल परीक्षण र कहिले अनौठो कानुनका कारण चर्चामा गरेको छ । आज भन्दा करिव ६ बर्ष अघि उत्तर कोरियाली जनतालाई छालाको ज्याकेट लगाउन प्रतिबन्ध लगाइएको थियो । लेदर ज्याकेट लगाउने प्रतिबन्धको पछाडिको कारण पनि अनौठो छ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।

अलिक अघिसम्म लगाइएको ट्रेन्च कोट न त बजारमा किन्न नै पाइन्थ्यो । न त कुनै पसलले लुकाएर नै राखेका थिए । तानाशाह किम जोङ उन आफ्नो मनपर्ने छालाको कोटको नक्कल गरेपछि क्रोधित भएका थिए र अब देशमा छालाको ज्याकेटको बिक्री र लगाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएका थिए।

एक रिपोर्टका अनुसार किमले सन् २०१९ मा पहिलो पटक छालाको कोट लगाएका थिए ,त्यसपछि यसलाई देशभर मन पराइन थाल्यो । किमको यो स्टाइल देखेपछि उत्तर कोरियाका धेरैले यस्तो कोट मन पराउन थालेका थिए । र, चीनबाट ठूलो मात्रामा आयात गर्न थालियो। यस्तो कोट लगाउनु किम जोङ उनको नक्कल गर्नु जस्तै भएको र यो उनको अपमान भएको बताइएको छ । यसपछि, देशमा आधिकारिक रूपमा यो भनिएको छ कि अब मानिसहरूले यस्तो कोट लगाउन पाउने छैनन्।

यति मात्र होइन, यो आदेशपछि उत्तर कोरियामा धेरै प्रहरी पनि तैनाथ गरिएको थियो । यस्ता छालाको कोट बिक्री हुने पसल बन्द गर्न प्रहरी परिचालन गरिएको थियो ।

More From Author

धरातल

जापानी चलचित्रमा नेपाली युवती