जापानी चलचित्रमा नेपाली युवती

गैडाकोट–१० की सुजिता पाण्डे जापानी फिल्म “22nd Century Cat” मा अभिनय गरेकी छिन्। अर्घाखाँचीका युवासँग विवाह गरेकी सुजिता हाल जापानमा बस्दै आएकी छन्।

सुजिता पहिले जापानमा कम्बिनी स्टोरमा काम गर्थिन्। त्यही बेला फिल्मका निर्देशक ओमोई सासाकीले उनलाई अभिनयको प्रस्ताव राखेका थिए । सुरुमा उनले परिवारसँग सल्लाह गरिन् र अनुमतिपछि फिल्ममा काम गर्न सहमति जनाइन्।

फिल्म “22nd Century Cat” को कथा प्रेम, संघर्ष र सांस्कृतिक भिन्नतामा आधारित छ। सुजीताले फिल्ममा “अन्जु” नामकी विदेशी युवतीको भूमिका निभाएकी छिन्।

फिल्मको सुटिङ पूरा भइसकेको छ र, सो सुटिङका लागि सुजीतालाई १ लाख जापानी येन पारिश्रमिक पनि दिइएको छ। यो सुजीताको पहिलो जापानी चलचित्र हो, जसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ।

सिनेमा क्षेत्रका विज्ञहरूका अनुसार, सुजीताको यो प्रयासले जापानी फिल्म उद्योगमा विदेशी कलाकारप्रति रुचि बढाउनेछ। साथै, नेपाली कलाकारहरूले पनि आफ्नो प्रतिभा विश्वमञ्चमा देखाउन सक्ने उदाहरण बनेको छ।

सुजिताको सफलताले नेपालमा रहेका युवतीहरूलाई पनि विदेशमा आफ्नो क्षमता प्रदर्शन गर्न प्रेरणा दिएको छ। उनको कथा धेरै नेपाली महिलाका लागि आत्मबल र सम्भावनाको प्रतीक पनि बनेको छ ।

More From Author

उत्तर कोरियली शासक किम जोङ उनले लगाएको ज्याकेट किन लगाइएको थियो प्रतिबन्ध ?

धादिङ समाज जापानद्वारा रक्तदान कार्यक्रम हुँदै