जापानमा चामल महँगियो, ‘उचित मूल्य’ ३,२५० येन हुनुपर्ने सुझाव

टोकियो – जापानमा चामलको मूल्य तीव्र रूपमा बढेपछि उपभोक्ताहरू मर्कामा परेका छन् । जनवरी अन्तिम सातामा ५ किलो चामलको औसत मूल्य ४,१८८ येन पुगेको सरकारी तथ्यांकले देखाएको छ । उत्पादन राम्रो र आपूर्ति पर्याप्त हुँदाहुँदै पनि विगतको अभाव र महँगो दरमा खरिद गरिएको धानका कारण मूल्य नघटेको बताइएको छ ।

मित्सुबिसी रिसर्च इन्स्टिच्युट का विशेषज्ञ किमिओ इनागाकी ले ५ किलो चामलको ‘उचित मूल्य’ ३,२५० येन हुनुपर्ने सुझाव दिएका छन् । आयातित चामलसँग प्रतिस्पर्धा र उपभोक्ताको भार कम गर्न घरेलु मूल्य घटाउन आवश्यक रहेको उनको भनाइ छ । सरकारले भने मूल्य नियन्त्रणमा ठोस कदम नचालेको भन्दै आलोचना भइरहेको छ ।

More From Author

जापानी चुनावमा ताकाइचीको विजय, ट्रम्पले लिए श्रेय

जापानमा शेयर घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *