जापानमा शेयर घट्यो

जापानको सेयर बजार मापक निक्केई परिसूचकमा मंगलबार लगातार चौथो दिन गिरावट आएको छ।
प्रधानमन्त्री सानाए ताकाइचीले यसै हप्ता संसदमा सम्बोधन गर्ने तयारी गरिरहँदा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन्। मंगलबारको कारोबारमा निक्केई परिसूचक २३९.९२ अंक अर्थात् ०.४२ प्रतिशतले घटेर ५६,५६६.४९ मा झरेको छ।
गत फेब्रुअरी ८ मा भएको निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (LDP) ले ठूलो जित हासिल गरेपछि बजारमा उछाल आएको थियो, तर अहिले लगानीकर्ताहरू ‘नाफा सुरक्षित’ (Profit Booking) गर्नतर्फ लागेका छन्। बजारमा खासगरी बैंक, सूचना प्रविधि र सेवा क्षेत्रका कम्पनीहरूको सेयर मूल्य घटेको पाइएको छ। जापानको कमजोर आर्थिक तथ्याङ्क र ब्याजदर वृद्धिको अन्योलताका कारण जापानी येनको मूल्यमा पनि उतारचढाव देखिएको छ।
लगानीकर्ताहरू अब प्रधानमन्त्री ताकाइचीको आगामी नीतिगत भाषण र नयाँ आर्थिक योजनाहरूको पर्खाइमा छन्।

More From Author

जापानमा चामल महँगियो, ‘उचित मूल्य’ ३,२५० येन हुनुपर्ने सुझाव

सीमापार कार्बन भण्डारणमा मलेसिया र जापानबिच सहकार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *