ओसाका – धादिङ समाज जापान, कान्साई क्षेत्रीय समितिले जापान रेडक्रस सँगको सहकार्यमा “रक्तदान कार्यक्रम” आयोजना गर्ने भएको छ । “आफू पनि बचौं, अरूलाई पनि बचाऔं” भन्ने उद्देश्यका साथ मानवसेवामूलक यो कार्यक्रम नोभेम्बर ३० (शनिबार) का दिन ओसाकास्थित Kyobashi Station Front Plaza मा बिहान १०:०० बजेदेखि साँझ ४:०० बजे सम्म सञ्चालन हुने बताइएको छ।
“स–साना योगदानले पनि कसैको जीवन बचाउन सक्ने भएकाले सबै नेपाली समुदायलाई यो अभियानमा सहभागी हुन आग्रह गरिएको छ´´ नेपाल जापान खबर संग कुरा गर्दै आयोजक समितिका संयोजक विकास अधिकारीले बताउनु भयो ।
उदाहरण प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
रगत दान गरौं – जीवन दान गरौं” भन्ने नारासहित धादिङ समाज जापानले यसपटक पनि समाजसेवाको उदाहरण प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
