काठमाडौं–१ बाट अधिवक्ता कमल कोइरालाको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट अधिवक्ता कमल कोइरालाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

जेन–जी आन्दोलनपछि देखिएको नयाँ राजनीतिक परिवेशलाई ध्यानमा राख्दै उनले आफूलाई नीति निर्माणमा केन्द्रित प्रतिनिधिका रूपमा प्रस्तुत गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै कोइरालाले प्रतिनिधिसभा सदस्यको भूमिकाबारे स्पष्ट सोचका साथ चुनावमा होमिएको बताएका छन्।

समाजशास्त्र, राजनीतिशास्त्र र कानूनशास्त्र अध्यापन गराउँदै आएका कोइरालासँग संघीय तथा स्थानीय तहका कानुन निर्माण, संशोधन र खारेजीसम्बन्धी कामको अनुभव रहेको छ। संसदमा पुगेर दीर्घकालीन प्रभाव पार्ने नीतिगत कमजोरी सुधार्ने र आवश्यक नयाँ कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने उनको लक्ष्य रहेको छ।

उनले भने, “म नीति बनाउने, सरकारलाई जवाफदेही बनाउने र जनताको आवाज संसदसम्म पुर्‍याउने काम गर्छु। गलत कानुन रोक्ने र राम्रो कानुन अघि बढाउने मेरो प्रतिबद्धता हो।”

उनका अनुसार संसदमा बोलिने तीन मिनेट समय व्यक्तिगत नभई सिंगो जनताको आवाज हुनेछ।

More From Author

जापानमा नेटफ्लिक्स र एआईले बढायो एक्लोपनको मोह

जापानबाट चीन जाने यात्रुको संख्यामा भारी गिरावट

Leave a Reply

Your email address will not be published. Required fields are marked *