नेपाली राजदूतावास टोकियोको टेलिफोन सेवा सुधार

टोकियो | १३ जनवरी २०२६

जापानमा नेपालीहरूको संख्या निरन्तर बढ्दै जाँदा नेपाली राजदूतावास टोकियोमा फोनमार्फत जानकारी लिने सेवाग्राहीहरूको संख्या पनि बढेको छ। तर राजदूतावासमा कर्मचारी संख्या सीमित हुनु र स्रोत–साधनको अभावका कारण टेलिफोन सेवा धेरैजसो व्यस्त रहने समस्या देखिँदै आएको थियो। यसले गर्दा धेरै सेवाग्राहीहरूले समयमा जानकारी पाउन नसक्ने अवस्था थियो।

यस समस्यालाई समाधान गर्न कार्यबाहक राजदूत हरिहरि कान्त पौडेल तथा सर नारायण ज्ञवालीसँग पटक–पटक छलफल गरिएको थियो। यस प्रक्रियामा गैरआवासीय नेपाली संघ (NRNA) जापानका उपाध्यक्ष मुक्तिराम खनाल (विनोद) पनि निरन्तर रूपमा सक्रिय रहनुभएको थियो।

उपाध्यक्ष मुक्तिराम खनालले जानकारी दिँदै, विभिन्न विकल्पहरूमध्येबाट सबैभन्दा उपयोगी व्यवस्था छनोट गरी आजदेखि राजदूतावासको टेलिफोन सेवा सुधार गरिएको बताउनुभयो। उहाँका अनुसार अब उपरान्त सेवाग्राहीहरूले टेलिफोनमार्फत आवश्यक जानकारी पहिलेभन्दा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

उहाँले टेलिफोन सेवा सुधारको पहल गरिदिनु हुने कार्यबाहक राजदूत हरिहरि कान्त पौडेललाई धन्यवाद दिँदै, राजदूतावासले भविष्यमा पनि सेवाग्राहीमैत्री सुधारहरू गर्दै जाने विश्वास व्यक्त गर्नुभयो।

More From Author

ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरे

चर्चित जापानी टेलिभिजन प्रस्तोता हिरोशी कुमेको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *