चर्चित जापानी टेलिभिजन प्रस्तोता हिरोशी कुमेको निधन

टोकियो – जापानी टेलिभिजन जगतका एक नक्षत्र तथा पूर्व टोकियो ब्रोडकास्टिङ सिस्टमका वरिष्ठ प्रस्तोता हिरोशी कुमेको ८१ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरसँग जुधिरहेका कुमेको गत जनवरी १ मा निधन भएको हो ।

समाचार वाचक, प्रस्तोता र कार्यक्रम सञ्चालकका रूपमा कुमेको टेलिभिजन यात्रा करिब पाँच दशक लामो रह्यो । ५० वर्षे लामो करियरमा उनले जापानी टेलिभिजनमा आफ्नो विशिष्ट पहिचान बनाएका थिए ।

कुमेले सञ्चालन गरेका थुप्रै कार्यक्रमहरूमध्ये ‘न्युज स्टेसन’ र सांगीतिक चार्ट शो ‘द बेस्ट टेन’ निकै लोकप्रिय मानिन्छन् । आफ्नो जादुमय प्रस्तुति र सशक्त वाककलाका कारण उनी लामो समयसम्म दर्शकको मनमा बस्न सफल भएका थिए ।

उनको निधनले जापानी सञ्चार तथा टेलिभिजन जगतमा एक अपूरणीय क्षति पुगेको छ ।

More From Author

नेपाली राजदूतावास टोकियोको टेलिफोन सेवा सुधार

कांग्रेसको विशेष महाधिवेशन: आजै हुने भनिएको मतदान बुधबारका लागि सारियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *