टोकियो : आधुनिक प्रविधिको तीव्र विकाससँगै जापानमा मानिसहरू सामाजिक सम्बन्धभन्दा एक्लोपनतर्फ आकर्षित हुन थालेका छन् ।
हालै गरिएको एक अध्ययन अनुसार, नेटफ्लिक्सजस्ता स्ट्रिमिङ सेवाहरू र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहज पहुँचले मानिसहरूलाई घरमै एक्लै समय बिताउन पर्याप्त सुविधा दिएको छ, जसका कारण बाहिरी समाजसँग घुलमिल हुनुपर्ने आवश्यकता कम हुँदै गएको छ ।
‘कन्जुमर को-अपरेटिभ इन्स्टिच्युट अफ जापान’ ले गरेको सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढी जापानी वयस्कहरूले झन्झटिलो सामाजिक सम्बन्धभन्दा एक्लै बसेर व्यक्तिगत स्वतन्त्रता उपभोग गर्न रुचि देखाएका छन् ।
एआईले संवाद साथी र काउन्सिलरको भूमिका निभाउन थालेपछि तथा मनोरञ्जनका साधनहरू हातहतियारमै उपलब्ध भएपछि एक्लै बस्नु सहज र आकर्षक बन्दै गएको विज्ञहरू बताउँछन् ।
तर, विशेषज्ञहरूले यस्तो प्रवृत्तिले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । अनुसन्धानहरूका अनुसार दीर्घकालीन एक्लोपन मोटोपन वा शारीरिक निष्क्रियताभन्दा पनि बढी घातक हुन सक्छ र यसले मृत्युदरसमेत बढाउन सक्छ ।
एक्लोपन घटाउने उद्देश्यले सरकारले विभिन्न कार्यक्रम अघि सारे पनि अधिकांश नागरिक ती प्रयासबारे अझै अनभिज्ञ रहेको देखिएको छ ।
