चीनको निर्यात कडाइको असर, जापानले आफ्नै समुद्रमा खनिज खोज तीव्र बनायो

टोकियो – चीनले दुर्लभ खनिजको निर्यातमा कडाइ गर्ने संकेत दिएपछि जापानले आफ्नै समुद्री क्षेत्रमा स्रोत खोज्ने प्रयास तीव्र बनाएको छ । यही क्रममा जापानी अनुसन्धानकर्ताहरूको टोली गहिरो समुद्रमा खनिज उत्खनन परीक्षणका लागि समुद्रतर्फ प्रस्थान गरेको छ ।

सिजुओका प्रान्तको सिमिजु बन्दरगाहबाट सोमबार ‘च्यु’ नामक विशेष अनुसन्धान जहाज मिनामितोरीसिमा टापुबाट करिब १५० किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा गइरहेको छ । वैज्ञानिकहरूका अनुसार सो क्षेत्रमा समुद्र सतहभन्दा करिब ६,००० मिटर तल दुर्लभ खनिजको उच्च भण्डार रहेको छ, जुन स्मार्टफोन, विद्युतीय सवारी र रक्षा उद्योगका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

जापान एजेन्सी फर मरिन-अर्थ साइन्स एण्ड टेक्नोलोजीको स्वामित्वमा रहेको जहाजले आगामी २० दिनसम्म समुद्र मुनि उत्खननका लागि विकसित नयाँ पाइप र उपकरणको परीक्षण गर्नेछ । क्याबिनेट अफिसको प्रत्यक्ष निगरानीमा सञ्चालित यो परियोजनाबाट आपूर्ति शृङ्खला सुरक्षित राख्दै चीनमाथिको निर्भरता घटाउने जापानको लक्ष्य रहेको छ ।

More From Author

अध्ययनका लागि जापान पुगेका २३ वर्षीय निरज सुतेकै ठाउँमा मृत फेला

लभ होटल विवादपछि राजीनामा दिएकी पूर्व मेयर ओगावा पुनः भारी मतसहित निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *