अध्ययनका लागि जापान पुगेका २३ वर्षीय निरज सुतेकै ठाउँमा मृत फेला

टोकियो – वैदेशिक अध्ययनका सिलसिलामा जापानमा रहेका एक नेपाली युवाको असामयिक निधन भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-३ स्थायी घर भई हाल जापानको फुकुओकामा बस्दै आएका २३ वर्षीय निरज बिष्टको निधन भएको हो । प्राप्त जानकारी अनुसार, बिष्टको निधन जनवरी ११, २०२६ (आइतबार) राति भएको हो ।

उनी कामबाट कोठामा फर्किएर खाना खाई सुतेका थिए । भोलिपल्ट बिहान अबेरसम्म पनि नउठेपछि साथीहरूले हेर्दा उनी ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए ।

सुदूरपश्चिमेली नेपाली समाज जापानका अनुसार, मृतक बिष्ट उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जापान आएको करिब एक वर्ष मात्र भएको थियो ।

सुदूरपश्चिमेली नेपाली समाज जापानले एक विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा मृतकको आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी हार्दिक समवेदना प्रकट गरेको छ ।

बिष्टको निधनको कारणबारे विस्तृत विवरण पोस्टमार्टम रिपोर्ट  भने आउन बाँकी छ ।

More From Author

जापानमा भारी हिमपात हुँदा दुई वृद्धको मृत्यु

चीनको निर्यात कडाइको असर, जापानले आफ्नै समुद्रमा खनिज खोज तीव्र बनायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *