युवराज सफल पक्राउ, अनुसन्धानका लागि तीन दिनको म्याद थप

काठमाडौं । युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौंबाट पक्राउ गरिएको बताए।

महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालबाट तथ्यहीन आरोप लगाएको भन्ने विषयमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। निजलाई आजै अदालतमा पेस गरी अनुसन्धानका लागि तीन दिनको म्यादसमेत लिइएको प्रवक्ता भट्टराईले बताए।

महान्यायाधिवक्ताको कार्यालयले यही माघ ८ गते नै पौडेलमाथि अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पौडेलविरुद्ध विद्युतीय अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ।

More From Author

जापानमा तलब वृद्धिको लक्ष्यका साथ वार्षिक श्रमिक वार्ता

रास्वपाका पूर्वसांसद श्रेष्ठले रोजे श्रम संस्कृति पार्टी

Leave a Reply

Your email address will not be published. Required fields are marked *