ओलीको डिबेट आग्रह बालेनद्वारा अस्वीकार, ७६ जनाको हत्यारासँग एउटै मञ्चमा नउभिने जवाफ

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट फागुन २१ गतेको चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारिएका शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाइमाथि कडा प्रतिक्रिया जनाउँदै पब्लिक डिबेटमा सहभागी नहुने बताएका हुन् ।

शाहले आफू बालबालिकाको हत्या र त्यसका मतियारसँग एउटै मञ्चमा नउभिने बताएका हुन्।

बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने छ ।’

More From Author

विदेशीका लागि नियमहरूमा व्यापक कडाइ गर्दै जापान

सामाजिक सञ्जाललाई सभ्य बनाउन जापानको कडा कदम

Leave a Reply

Your email address will not be published. Required fields are marked *