जापानमा चामलको भाउले रच्यो नयाँ कीर्तिमान

टोकियो – जापानमा चामलको औसत मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । जापानको कृषि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार सन् २०२२ को मार्चदेखि तथ्यांक राख्न थालिएयता चामलको भाउले नयाँ कीर्तिमान कायम गरेको हो ।

केही समयअघि मूल्यमा सामान्य गिरावट देखिए पनि पुनः बजार भाउ उकालो लागेको हो । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार, गत आइतबार सकिएको सातामा देशभरका करिब १ हजार सुपरमार्केटमा बिक्री भएको चामलको औसत मूल्य ५ किलोको ४,४१६ जापानी येन पुगेको छ । यो मूल्य अघिल्लो साताको तुलनामा ९३ येनले बढी हो ।

यसअघि गत वर्षको डिसेम्बर २८ मा सकिएको सातामा भने चामलको मूल्य १४ येनले घटेर ४,३२३ येन कायम भएको थियो । पछिल्लो विवरण अनुसार, बजारमा ‘ब्रान्ड राइस’ (विशिष्ट चामल), जुन मुख्यतया नयाँ बालीको चामल हो, त्यसको मूल्य २१ येनले बढेर ४,५१६ येन पुगेको छ । कुल चामल बिक्रीमा ब्रान्ड राइसको हिस्सा २ प्रतिशत विन्दुले बढेर ७४ प्रतिशत पुगेको छ ।

तुलनात्मक रूपमा सस्तो मानिने ‘ब्लेन्डेड राइस’ (मिश्रित चामल) को मूल्यमा पनि २६१ येनको भारी वृद्धि भएको छ । यद्यपि, बजारमा मिश्रित चामलको हिस्सा भने घटेर २६ प्रतिशतमा सीमित भएको छ । यसैगरी, करिब १ हजार २ सय सुपरमार्केटहरूमा गरिएको अर्को एक छुट्टै सर्वेक्षणले पनि चामलको औसत मूल्य २९१ येनले बढेर ४,१७६ येन पुगेको देखाएको छ ।

More From Author

जापानमा तीनदिने बिदाका बेला भीषण हिमपातको चेतावनी

जापानले फेर्‍यो भिसा र राहदानी शुल्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *