काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि बालेन(बालेन्द्र शाह) झापातिर आएको बताएका छन्।

सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए।

उनले भने, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन। आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन। त्यहाँ ढाँट्न सकिँदैन। काठमाडौंमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन फेरि लड्नको लागि। किन यहाँ आउनुपर्‍याे। यो कुरा साथीहरुले बुझ्नु भएको छ।’

यस्तै, उनले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भावको कुरा आउने र सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्ने ठाँउमा अहिले कता कता मधेशी र पहाडी भन्ने कुरा सुन्न आएको बताए।

उनले भने, ‘अर्को कुरा मैले कता कता मधेशी-पहाडी भन्ने सुनिरहेको छु। त्यस्तो कुरा गर्नु हुँदैन। सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ। त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ, सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्छ। हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाँउ, गाँउ, जिल्ला बनाउने हो।’

देश जातले होइन्, विचार, दृष्टिकोण, नीति, योजना, संकल्प र प्रयासले बन्ने पनि उनको भनाइ छ ।

उनले भने, ‘कुन जातको उम्मेदवार छ भनेर देश बन्दैन्। देश बनाउन जातले होइन्, विचारले, दृष्टिकोणले, नीति, योजना, संकल्पले र प्रयासले बन्छ। त्यसकारण जातका कुरा गरेर हिँड्नु हुँदैन।’

More From Author

उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय

सामाजिक संजाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *