उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक गरे कारबाही हुने

काठमाडाैँ । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिएका छन् ।

सञ्चारकर्मीहरुसँग सोमबार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् ।

तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरु नगर्न सचेत गराए । आचारसंहीता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिए । निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे।

प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे । निर्वाचन हुँदैन की भन्ने शंका नगर्न पनि आग्रह गरे ।

उनले भने, ‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रुपमा कानूनले निषेध गरेको छ । आचारसंहीताले निषेध गरेको छ । आचारसंहीताले निषेध गरेका कामहरु प्रयोग नगरीकन निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न जानुभयो भने सबै सरोकारवाला लगायत मतदाताहरुको र त्यसलाई टड्कारो रुपमा हेरिरहनुभएका विदेशमा रहेका, नेपालको निर्वाचनप्रति चासो र सरोकार राख्ने व्यक्तिहरुको बीचमा पनि अब हुने निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा निर्वाचन हुँदैछ । यो निर्वाचनमा कुनै शंका, उपशंका गर्नुपर्दैन ।’

उनले अब हुने निर्वाचन समयमै जसरी पनि हुनैपर्ने निर्वाचन भएकाले निर्वाचनको विकल्प भनेकै निर्वाचन भएको बताए।

More From Author

डरत्रास नदेखाइ ढुक्क भएर मविरुद्ध चुनावी प्रतिष्पर्धा गर्नुहोस् : अध्यक्ष ओली

बालेनको २ शब्दको स्टाटसले सामाजिक संजालमा तरंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *