कांग्रेसले आरजुलाई दिएन टिकट

काठमाडौं। नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य डा.आरजु राणालाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार नबनाउने भएको छ।

कैलाली क्षेत्र नम्बर ५ बाट डा.राणाको नाम सिफारिस भएको थियो । कांग्रेसले कैलाली ५ मा नरनारायण शाहलाई उम्मेदवार बनाएको छ।

कांग्रेसले कैलाली ५ बाट शाहसहित डा.राणा, डिल्लीराम पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए।

सभापति गगनकुमार थापाले सबै उम्मेदवारलाई ब्याक राखेर शाहलाई टिकट दिएका हुन्। आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोलि (माघ ६ गते) मनोनयन दर्ताको समय तोकिएको छ।

More From Author

रास्वपाबाट गुल्मी–१ मा सागर ढकाल उम्मेदवार बन्ने घोषणा

कांग्रेसका सुनिल शर्मा मोरङ ३ बाट उम्मेदवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *