कामपा प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा, काठमाडौं ४ बाट उम्मेद्वारी दिने तयारी

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीका कारण उनले राजीनामा दिएको बताइएको छ।  पाण्डेको राजीनामा पर्सि ४ गतेदेखि लागू हुने छ।

काठमाडौं–४ निर्वाचन क्षेत्रबाट हाल नेपाली कांग्रेसका महामन्त्री गगन थापा निरन्तर निर्वाचित हुँदै आएका छन्। यही क्षेत्रमा पाण्डेलाई गगन थापाको प्रतिस्पर्धीका रूपमा उतार्ने तयारी भइरहेको चर्चा राजनीतिक वृत्तमा छ।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह स्वयं अर्को निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने चर्चा पनि राजनीतिक क्षेत्रमा चलिरहेको छ।

More From Author

किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

Leave a Reply

Your email address will not be published. Required fields are marked *