ओली र बालेनविच चुनावी प्रतिस्पर्धा,मुलुककै सर्वाधिक चर्चामा झापा क्षेत्र नम्बर ५

झापा : आगाामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता अघि नै झापा क्षेत्र नम्बर ५ मुलुककै  सर्वाधिक चर्चामा रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक चुनाव जित्दै आएको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह बालेन पनि सोही निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्ने भएका कारण यो क्षेत्र चर्चामा रहेको हो ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्न पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली झापा आइसकेका छन भने काठमाडौं महानगरपालिका निर्वातमान प्रमुख तथा रास्वपा बरिष्ठ नेता शाह उम्मेदवारी दर्ताकै लागि झापा आउने क्रममा रहेका छन्।

एमालेले अध्यक्ष ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस गरेको थियो भने रास्वपाले पनि झापा क्षेत्र नम्बर ५ मा बालेनको नाम एकल सिफारिस गरेर उम्मेवार वनाउने भएको छ ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता भई नसकेपनि ओली र बालेन झापा क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गर्ने निश्चित बनेपछि यस क्षेत्रको चर्चामा बढेको छ ।

जेनजी आन्दोलनको समयमा सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष ओलीलाई जेनजी आन्दोलन छानवीन समितिले लगाएको स्थानहद फुकुवा भएपछि पहिलो पटक गृहजिल्ला झापा आइपुगेका छन्। यस्तै जनकपुरको सभा सकेर उम्मेदवारी दिनकै लागि रास्वपा नेता बालेन पनि झापा आउने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

झापा आइपुगेका ओलीले दमकमा पत्रकारसँग कुराकानी गर्दै झापा क्षेत्र नम्बर  ५ का जनताले गर्ने चुनावी फैसला सुन्न र हेर्न आफु चुनावी मैदानमा आएको वताएका छन ।

पत्रकारसंग ओलीले भने,  घर भत्काएर मात्रै देश बन्छ ? देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न म पुनः झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार भएर आएको छु।

ओली र बालेनविच चुनावी प्रतिस्पर्धा हुने भनिएको झापा क्षेत्र नम्बर ५ मा यो माघ महिनामा समेत चुनावी सरगर्मी एकाएक बढेको छ ।

ओलीलाई पुरानो शक्तीका रुपमा हेरिएको छ भने बालेनलाई उदाउदै गरेको शक्तिका रुपमा समेत हेरिदा यी दुई विच हुने चुनावी प्रनिस्पर्धा अघि नै झापा क्षेत्र नम्बर ५ मुलुकै सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र बन्न पुगेको छ ।

More From Author

एमालेले कहाँ कसलाई बनायो उम्मेदवार ? (सूचीसहित )

सरकारले शान्ति सुरक्षा कायम गर्न सकेन : ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *